निस्सा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो: प्रमुख आचार्य

पाेखरा | भदौ २२, २०७९

निस्सा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो: प्रमुख आचार्य

 

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेल लगायतले संयुक्त रूपमा उनीहरूलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गर्नुभएको हो ।

 

सो क्रममा प्रमुख आचार्यले निस्सा आफैमा लालपुर्जा नभए पनि लालपुर्जा पाउने कुराको ग्यारेन्टी भएको बताउनुभयो । “अहिले निस्सा वितरणको काम सुरु भएको छ, यो निस्सा आफैमा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो, उहाँले भन्नुभयो, जोखिम स्थानहरूमा जमिन वितरण गर्न सक्दैनौँ, मापदण्ड भित्रका क्षेत्रमा पनि वितरण गर्न सक्दैनौँ, तर सुरक्षित स्थानमा उचित व्यवस्थापन अवश्य गर्नेछौँ ।” अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि नरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

 

“नपाउने कोही पनि हुनुहुन्न, अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि रहन्न, अव पछि आएर कसैले बाँस गाडेर हामी हौँ भन्नुभयो भने हामी उहाँहरूलाई भूमिहीन सुकुम्वासी भन्न तयार छैनौँ ।” प्रमुख आचार्यको भनाई छ । उहाँका अनुसार महानगर भित्र यस प्रकृतिको कुल सङ्ख्या १९ हजार ८ सय ५६ नै अन्तिम हो । 

 

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कुनै पनि नागरिक भूमिहीन हुन नपरोस् भन्ने मान्यताका आफूहरूको भए पनि लामो समय यसैमा अल्झनु परेको बताउनुभयो । सुकुम्बासीहरलाई भोट बैकका रूपमा प्रयोग गरिन्छ भन्ने राजनीतिक आरोपमा कुनै सत्यता नभएको गुरुङले स्पष्ट पार्नुभयो । उहाँले आफूहरू विशुद्ध नागरिकहरूलाई भूमिको मालिक बनाउने प्रक्रिया प्रति इमानदार रहेको बताउनुभयो । 

 

“तपाँईहरुले प्राप्त गरेको यो निस्सा भनेको तपाँईहरु भूमिहीन हो भन्ने कुराको प्रमाण हो, उपप्रमुख गुरुङले भन्नुभयो, यो प्रमाण लिएर अगाडी बढेपछि लालपुर्जा बन्ने कुरा रहन्छ ।” यो समस्यालाई आफूहरूले टुङ्गोमा पुराएर जाने उहाँले विश्वास दिलाउनुभयो । कुनै पनि नागरिक भूमिहीन बनेर बस्नु नपर्ने वातावरण तयार गर्ने उपप्रमुख गुरुङले बताउनुभयो । 

 

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले जग्गा प्राप्तिको बलियो प्रमाणका रूपमा वितरण गरिएको निस्सालाई कम नआँक्न आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले लामो समयको कसरत पनि भूमिहीनहरूलाई भूमिको मालिक बनाउने प्रक्रियामा आफूहरू रहेको बताउनुभयो ।

 

मङ्गलवार वडा नं. ६ का ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्